१७ वर्षीया किशोरीलाई करणी गर्ने माथी अनुसन्धान


पाल्पा- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गत सोमवार राती तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिय सागर चौधरीलाई सोमवार राती पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया