जबरजस्ती करणीको अभियोगमा पक्राउ


रूपन्देही – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीबाट एक व्यक्ति पक्राउ परेका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का २६ वर्षीय सुवास यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया