पछिल्लो २४ घण्टामा थपिए १० हजार २५४ जना कोरोना संक्रमित, १६ को मृत्यु


काठमाडौं – नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २० हजार १८७ नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ४६२ नमूनाको पीसीआर र पाँच हजार ७२५ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।पीसीआर परीक्षणबाट आठ हजार २१२ र एन्टिजेन परीक्षणबाट दुई हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

प्रतिक्रिया