महाशाखाको ‘अपरेशन हनी’बाट ७६०० केजी गुणस्तरहीन महसहित एक पक्राउ


काठमाडौं — महानगरीय अपराध महाशाखाले ७ हजार ६ सय किलो महसहित एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा बिहीबार महाशाखाको बिशेष टोलीले जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा पक्राउ गरेको छ । उनको साथबाट मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी.) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि शुक्रबार गते महानगरीय प्रहरी परिसर, टेकु, पठाएको प्रहरीले जनाएको छ ।

May be an image of 2 people and indoor

सिन्धुपाल्चोक इन्द्रावति स्थायी घर भएका श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनले प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको र काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको खुलेको छ ।

May be an image of 2 people and outdoors

त्यस्तै श्रेष्ठले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेको र स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको पनि प्रहरीले जनाएको छ । उनले मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहलमा गरिएको परिक्षणमा खुलेको छ । साथै उक्त महमा तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलेको प्रहरीले जनाएको छ ।

अपरेशन हनी नाम दिइ सुरू गरेको अप्रेशनबाट प्रहरीले श्रेष्ठको साथबाट गुणस्तरहिन तयारी मह ६०० के.जी., कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी., ग्लुकोज ५०० के.जी., चिनी १०० के.जी., जोख्ने मेसिन थान-१, लेभल मेसिन थान-१, सिल मेसिन थान-१, पेट्राइज मेसिन थान-१, स्टोरेज मेसिन थान-१, स्पर्स हनीका लेभलहरु (स्टिकर), मह राख्ने बट्टा अ. १००० पिस बरामद गरेको छ ।

May be an image of 8 people and outdoors

प्रतिक्रिया