आज हालसम्मकै धेरै संक्रमित : चार जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ५७ हजार बढी

१२ हजार ३३८ जनामा संक्रमण पुष्टि


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २७ हजार ४९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, विगत २४ घण्टामा देशभर ६ सय ४९ संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।

यसैगरी, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ५७ हजार ३२८ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया