देशभर थप २ सय २९ कोरोना संक्रमित, ४८ जना निको


काठमाडाैं – कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ। शुक्रबार थप २ सय २९ जनामा कोरोना संक्रमण देखिएको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन हजार ७ सय १८ स्वाब परीक्षण गर्दा २ सय २९ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लाे २४ घण्टा भित्र एक हजार ६ सय ४४ को पीसीआर परीक्षण गर्दा १ सय ६१ जनामा र दुई हजार ७४ को एन्टिजन परीक्षण गर्दा ६४ जनामा कोरोना देखिएको हो ।

आज ४८ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या एक हजार २ सय ८४ पुगेको छ।

प्रतिक्रिया