

अस्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला, शव नेपाल ल्याउन पैसा संकलन गरिँदै

काठमाडाैँ – अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन्।
उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्।
नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको उनको शव नेपाल ल्याउन खर्च उठाइरहेका विक्रम दाहालले उल्लेख गरेका छन्। अहिलेसम्म उनको शव नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम संकलन भइसकेको छ।

