भक्तपुरबाट ५३ किलो गाँजासहित तीन जना पक्राउ


काठमाडौँ – भक्तपुर प्रहरीले लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ५ का ३७ वर्षीय लक्ष्मीनारायण देउला, सूर्यविनायक नगरपालिका ८ का ५८ वर्षीया प्रिती तामाङ र ५२ वर्षीय खड्गबहादुर तामाङ छन्।

सुरुमा भक्तपुर नगरपालिका ७ खसिबजार पुल हाउस नजिकबाट ५६ ग्राम गाँजासहित देउलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

देउलामाथि थप अनुसन्धान गर्ने क्रममा प्रिती र खड्गबहादुर पक्राउ परेका परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए। प्रहरीले प्रितीको साथबाट ४८ किलो चार सय ५० ग्राम र खड्गबहादुरको साथबाट चार किलो ५२६ ग्राम गाँजा बरामद गरेको छ।

प्रतिक्रिया