दोहोरो नागरिकता बनाई दिने भन्दै १,३५,००० घुस लिने वडाध्यक्ष र वडा सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष र वडा सदस्यविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको छ ।

दोहोरो नागरिकता बनाई दिन्छु भन्दै सेवाग्राहीसँग १,३५,००० घुस माग गरेको भन्ने उजुरीका आधारमा पक्राउ परेका वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङमाथी अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियत पूर्वक गलत सिफारिस गरिदिएको पुष्टि हुन आएको आयोगको भनाई छ ।

अख्तियारले उनीहरु दुवैजनाविरुद्ध घुसवापतको १,३५,००० सेवाग्राहीलाई नै फिर्ता दिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुरमा सजाय मागवादी गरि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता रिसालले जनाएका छन् ।

प्रतिक्रिया