२१ वर्षअघिको आफ्दै किर्तिमान भंग गर्दै एमालेले कायम गर्‍यो नयाँ कीर्तिमान


काठमाडाैँ – प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ। २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै नयाँ कीर्तिमान बनाएको हाे । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिएका थिए।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा  अवरोध गरिसकेको छ। बिहीबारसम्म दुवै अधिवेशन गरेर एमालेले ८३  दिन संसद अधिवेशन अवरुद्ध गरेको छ।

नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्  । विघटनपछि  पुनःस्र्थापित प्रतिनिधि  सभाको नवौँ र १०औँ  अधिवेशनमा पनि एमालेको अवरोध जारी छ।

प्रतिक्रिया