स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रिय सभा निर्वाचनको अहिलेसम्मको तयारी तथा स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।  बैठक शुक्रबार बिहान ११ बजे हुने बताइएको छ ।

‘दलहरूलाई बैठकको लागि पत्र लेखिसकिएको छ,’ थपलियाले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको तयारीबारे छलफल गर्नका लागि पनि बैठक डाकिएको हो । बैठकको मुख्य एजेन्डा चाहिँ स्थानीय तहको निर्वाचनको विषयमा नै छलफल गर्ने हो ।’

सर्वदलीय बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई पत्र लेखेको निर्वाचन आयोगले जानकारी दिएको छ ।  उनले छलफलमा तीन एजेन्डाहरु मतदाता नामावलीको विषयमा, राष्ट्रिय सभा निर्वाचन तयारी बारे र स्थानीय तहको निर्वाचन रहेको जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदै छ । बैठकमा स्थानीय तहको निर्वाचनको मितिबारे पनि छलफल हुने छ । यसअघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन २०७९ बैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरेको थियो । आयोगले छलफलमा दलहरुले यही मितिलाई अनुमोदन गरे यही मितिमा र नभए दलहरुको सहमतिमा नयाँ मिति तय गरिने बताएको छ ।

प्रतिक्रिया