

तीन सय मत गन्दा बोहरा अघि

मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ ।
पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ । बोहरा २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन्।

