को हुन् विवादमा तानिएकी नेकपा प्रवक्ता श्रेष्ठकी निजी सचिव कर्माचार्यका राजनीतिक मिँयो
काठमाडौं– पूर्वराजदूत कमानसिंह लामाको एउटा फेसबुक पोस्ट र अडिओ भिडिओ रेकर्डले धेरैको पोल खोलेको थियो। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ यहि प्रकरणमा ८ करोड काण्ड मिलाउने मुख्य व्यक्तिका रुपमा चित्रित भए।
यो विषय स्थायी समितिमा पनि चर्चा भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाऊ गरेका थिए। श्रेष्ठसँग आएको अर्को नाम हो उनकी स्वकीय सचिव सुसन कर्माचार्य। उनी यस प्रकरणसँगै विभिन्न आर्थिक उत्पात मच्चाएका विवरणमा पनि तानिएकी छन्। तीन हाइड्रोपावरकी मालिक्नी बनेकी कर्माचार्यलाई राजनीतिक रुपमा नै प्रचण्डसम्मले बचाऊ गर्नुको कारण के हो?
उच्च स्रोतले भन्यो,‘नेपालमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेका नरबहादुर कर्माचार्यको सन्तती भएका कारण सुसनको पक्षमा प्रचण्ड र नारायणकाजीको मत परेको हो।’
राजनीतिक ट्रयाक रेकर्डले पनि त्यहि पुष्टि गरेको छ। एकता केन्द्र मसालदेखि जनमोर्चाको राजनीति गर्दै माओवादीमा प्रवेश गरेकी कर्माचार्य अहिले नेकपाकी पनि सदस्य हुन्। उनी नरबहादुर कर्माचार्यको साख्खे भतिजी पर्छिन्। ‘नरबहादुरको योगदानका आधारमा नै सुसनलाई राजनीतिक लाभ मिलेको थियो तर उनले यसलाई आर्थिक मियोका रुपमा प्रयोग गरिन्’, उच्च स्रोतले भन्यो।
नरबहादुरको नाता परेकै कारण उनले मौका माथि मौका पाउँदै गएकी थिइन्। ‘प्रचण्डले पनि नरबहादुरलाई नेता मान्ने भएपछि उनको भतिजी नै भएको र एकीकरणपछि सक्रिय रहेको कार्यकर्ता देखेपछि सुसनको बचाऊ गर्नु स्वभाविक हो’, स्रोतले भन्यो,‘फेरि प्रवक्ता नारायणकाजी समेत जोडिएपछि अस्वभाविक मान्न सकिने कुरै भएन।’
यी शीर्षक पनि पढ्नुहोस्