विवादीत भएपछि शक्ति केन्द्र धाउन थालिन नेकपा प्रवक्ता श्रेष्ठकी नीजि सचिव सुसन कर्माचार्य
काठमाडौं– हालै निधन भएका पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको अडिओ भिडिओ प्रकरणले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ र नीजि सचिव सुसन कर्माचार्य विवादमा मुछिएपछि शक्ति केन्द्र धाउन थालेका छन्।
प्रवक्ता श्रेष्ठका कारण नै आफूहरू सडकमा पुग्ने अवस्था आएको भन्दै निधन भएका लामा र उनका परिवारले बयानबाजी गरेपछि त्यसको प्रतिरोधमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै लागेका थिए। उनले आइतबार भएको स्थायी समितिको बैठकमा श्रेष्ठबारे अनर्गल प्रचार भएको भन्दै बचाऊको प्रयत्न गरे।
सोही मेसोमा कर्माचार्य भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी यस प्रकरणमा दोषी नरहेको भन्दै बचाऊका लागि धाउन थालेकी हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यस प्रकरणको छिनोफानो हुने र कोही निर्दोषले दोषको भारी बोक्नु नपर्ने भनी कर्माचार्यलाई भनेका थिए।
उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्षम पनि छिन्। उक्त कम्पनी निधन भएका लामाको अधिकतम शेयर भएको कम्पनी हो। सोही कम्पनी इन्द्रमायासँग मिलेर कर्माचार्यले आफ्नो नाममा लगेको लामाकी बुहारी मिनुले बताएकी थिइन्।
कमानसिंह लामाले यस प्रकरणमा आफूसँग कुरा गरेको जानकारी दिएका प्रधानमन्त्री ओली मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न भनेका थिए।
यी शीर्षक पनि पढ्नुहोस्