

लाउरेसहित चारलाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की — जिल्ला अदालत कास्कीले र्यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लागुऔषधको मुद्दामा पोखराबाट पक्राउ परेका चर्चित र्यापर लाउरे उर्फ आशिष रानासहित चार जनालाई अदालतले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।
उनीहरुलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो। ‘उनीमाथि थप अनुसन्धान गर्न २१ गतेदेखि लागु हुने गरी १७ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ थापाले भने।
प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका(८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा पोखरा– २१ का ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका—७ का ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई हाल पोखरा–८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका थिए । उनीहरूको साथबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन्।

