सशस्त्र प्रहरीले गर्यो एकैपटक ६५ एसपीको काजसरुवा


काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा भएको छ ।

बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई काठमाडौं हेर्ने २१ नम्बर गण दक्षिणकालीमा काज सरुवा गरिएको छ ।

बलले काज सरुवा गरेका केही अधिकारीहरुले इन्चार्ज टु इन्चार्ज पाएका छन् ।

प्रतिक्रिया