देवेन्द्रकै स्वर, शब्द र संगीत रहेको ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक


काठमाडौं – देवेन्द्र बब्लुको नयाँ गीत ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक भएको छ।

गीत एरेन्ज कृष्ण बिके भान्जाले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीको हो।

प्रेम सम्बन्ध टुटेपछि सबै बिर्सेर अघि बढ्न नसकेको प्रेमीको दृष्टिबिन्दुबाट लेखिएको गीत करुण रसमा बगेको छ।

देवेन्द्रकै स्वर, शब्द तथा संगीत रहेको गीत बिहीबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया