


बानेश्वरको एनआईसी एशिया बैंक लुटियो

काठमाडौं – एनआईसी एशिया बैंक लुटपाट भएको छ। १८ पुसमा काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकको शाखामा लुटपाट भएको हो।
बैंकबाट १६ लाख रुपैयाँ लुटपाट भएको हो। लुटपाट एक महिनाअघि भएपनि बैंकले भने यो घटना गोप्य राखेको थियो। लुटेराको समूहले १६ लाख रुपैयाँ लुटेपछि बैंकले प्रहरीमा जाहेरी दिएको थियो।
बैंकको जाहेरीपछि प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा बिहीबार राति चार जनालाई पक्राउ गरेको छ। चार जना पक्राउ परेपछि मात्रै घटना बाहिर आएको हो।
लुटपाटको घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

