मध्यरातमा सभापतिलाई ज्यान मार्ने धम्की दिने एसपी पाण्डे निलम्बित


काठमाडौं – प्रहरी प्रधान कार्यालयले सिराहा प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ ।

मध्यरातमा पेस्तोल बोकेर कांग्रेस जिल्ला सभापतिको घरमा पुगेर आतंक मच्चाएकोमा दोषी ठहर गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी पाण्डेलाई निलम्बन गरेको हो ।

एसपी पाण्डेले सरुवाको विषयलाई लिएर कांग्रेस सिरहा सभापति रामचन्द्र यादवको घरमा मध्यरातमा मदिराको सुरमा आतंक मच्चाएका थिए ।

सरूवाको बारेमा विवाद भएपछि एसपी पाण्डेले यादवलाई ज्यान मार्ने धम्की दिँदै हतियारसहित यादवको घर पुगेका थिए ।

प्रतिक्रिया