


बैंकिङ कसुरका फरार दाेषी खनाल पक्राउ

काठमाडौं — महानगरीय अपराध महाशाखाले ३२ लाख बढी जरिवाना तोकिएका बैंकिङ कसुरमा फरार एक व्यक्ति पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको एक टोलीले बैंकिङ कसुर मुद्दमा फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय कृष्णहरि खनाललाई पक्राउ गरेको हो ।
खनालविरुद्ध उच्च अदालत, पाटन ललितपुरको २०७७ भदौ १८ को फैसलाअनुसार ३२,२४,६१५ रुपैयाँ जरिवाना र ११ दिन कैद तोकिएको थियो । फैसलापछि फरार रहेका खनाललाई महाशाखाको टोलीले आज (मंगलबार) बुद्धनगरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको जनाएको छ ।

