
अमेरिकाले दियो प्रचण्डलाई बधाई
काठमाडौं – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिनेहरुको लर्को नै लागेको छ।
सोही क्रममा अमेरिकाले पनि प्रचण्डलाई बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनः अध्यक्ष भएकोमा बधाई दिएको हो।
‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ।




कागजपत्र |
