कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
काठमाडौं – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक एक घण्टा ढिलो सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको समितिको एक घण्टा ढिलो केही बेर अघिमात्रै सुरु भएको हो ।
बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरु भएको संसद सचिवालयले जनाएको छ । बैठकले संसद बैठकका कार्यसूची तय गर्नेछ । सचिवालयले हिजो एमसीसीसहितको सम्भावित कार्यसूची तय गरेको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने बताइएको छ ।