माछापुच्छ्रे बैंक र एमएडब्लुबीच सम्झौता


काठमाडौं– माछापुच्छ्रे बैंकले हेभि इक्युप्मेन्टका खरिदकर्तालाई सुविधायुक्त योजनाका लागि सम्झौता गरेको छ ।

बैंक र एमएडब्लु अर्थमुभर्स प्रालिबीच जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिद गर्ने ग्राहकको सुविधालाई ध्यानमा राखी सम्झौता गरकेो जनाएको हो । उक्त सम्झौता पत्रमा एमएडब्लुका तर्फबाट बिष्णु कुमार अग्रवाल तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र कम्पनीले देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

बैंकले देशभरका १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढि पिओएसाार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया