

संवैधानिक परिषद्को बैठकपछि राष्ट्रपति भेट्न ओली शितलनिवासमा

काठमाडौं – बालुवाटारमा तेस्रो प्रयासपछि बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।
बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेको स्रोतले जनाएको छ ।
मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो । बैठकबाट के निर्णय भयो भन्ने विस्तृत जानकारी आइसकेको छैन ।

