

कांग्रेसको बरियता निर्धारण, पहिलोमा देउवा हुँदा विनोद चौधरी पुगे ९६ औं स्थानमा (सूचीसहित)
अजयबाबु ११९ मा हुँदा गणेश लामा परे १३१ औं स्थान, सिटाैला र पाैडेल बरियताबाहिर !

काठमाडौं — नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरियता तोकेको छ।
नयाँ वरियतामा पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा रहेका छन्। यस्तै, दोस्रोमा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्।
यसैगरी चौंथो नम्बरमा महामन्त्री गगन थापा छन् भने विश्वप्रकाश शर्मा थापाको पछाडि छन्।
यता, १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा अन्तिममा जीवन राना रहेका छन्। १३५ केन्द्रीय सदस्यमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा बरियतामा १३१ औं स्थानमा छन् । त्यस्तै पत्रकार अजयबाबु शिवाकोटी ११९ औं स्थानमा रहेका छन् ।
त्यसैगरी उद्योगपछि विनोद चौधरी ९६ औं स्थानमा रहेका छन् भने उमेश श्रेष्ठ ९४ औं स्थानमा छन् ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ। १६८ केन्द्रीय कार्यसमिति सदस्यीयमा बाँकी ३३ जना सभापति देउवाले मनोनित गर्न बाँकी नै छ।
सूचीः

