बझाङमा छुट्ट-छुट्टै स्थानमा दुई पुरुषको शव फेला


बझाङ – बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा छबिसपाथीभेरा- ७ का जंग धामी र सुर्मा-१ का किट्टु बोहरा रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरीका वर्ष ४३ का धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

धामी र बोहरा दबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। दुबै जनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।

 

प्रतिक्रिया