क्रिकेट कमाण्ड सम्हाल्न नेपाल आईपुगे पुबुदु


काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्।

मंगलबार विहान नेपाल आइपुगेका पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

क्यानले पुबुदुलाई मंसिर २५ मा प्रशिक्षक नियुक्त गरेको थियो। ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए।

सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए।

पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी(२० विश्वकप खेलेको थियो।

नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए।

प्रतिक्रिया