
यातायात कार्यालय गुर्जुधाराबाट ९ ‘दलाल’ पक्राउ
काठमाडौं — यातायात व्यवस्था विभागमा ‘दलाल’हरुको बिगबिगी रहने गुनासो पछि प्रहरीले कारबाहीमा तीब्रता दिएको छ । यसैको फलस्वरुप विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना ‘दलाल’लाई पक्राउ गरेको छ ।
लाइसेन्स, ब्लुबुकलगायत कागजातको राजस्व तिर्न र अन्य कामका लागि गएका सर्वसाधारणसँग बढी दस्तुर लिन खोजेको र छिटो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको जनगुनासो आएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको जनाइएको छ ।
सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षकको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको र थप अनुसन्धानपछि कारबाही गरिने जनाइएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।



कागजपत्र |
