
माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड, एकजना पक्राउ
काठमाडौं – प्रहरीले बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–५ का २१ वर्पीय पारस कालीकोटे रहेका छन्।
विराटनगर महानगरपालिका–३, कञ्चनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न भएको आरोपमा कालीकोटे पक्राउ परेका मोरङ प्रहरीले जनाएको छ,
प्रहरीका अनुसार कालीकोटेलाई एटिएम मेसिन तोडफोड गरेको अवस्थामा सोमबार राति १० बजेतिर पक्राउ गरिएको हो। एटिएम तोडफोड गरेको सूचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले उनलाई पक्रेको हो .।
कालीकोटेले पैसा खोज्ने क्रममा एटिएम मेसिन टुटफुट बनाएका छन्।
पक्राउ परेका कालीकोटेविरुद्ध कानूनी कारवाहीको निम्ति थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।



कागजपत्र |
