गृहमन्त्री खाण र अस्ट्रियाका राजदूत वजिरबीच शिष्टाचार भेटवार्ता
काठमाडौं – माननीय गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी गरेका हुन् ।
भेटमा काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो । गृहमन्त्री खाणले काठमाडौं-भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताए। राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताए । नेपाल र अस्ट्रियाबीच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
अस्ट्रियाले विशेषगरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ । अस्ट्रियाले पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको पर्वद्धनलगायतमा सहयोग गरेको छ ।