गृहमन्त्री खाणद्वारा भृकुटीमण्डपमा आगलागी भएको स्थानको निरीक्षण


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणद्वारा भृकुटीमण्डपमा आगलागी भएको स्थानको निरीक्षण  गरेका छन् । निरीक्षणपछि आगलागीको कारणबारे छानबिन हुने उनले बताए । आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन्।

आइतबार आगलागी भएको स्थानको निरीक्षण गर्दै गृहमन्त्री खाणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए।

आगलागीका कारण कोषको पुस्तकहरू र समाज कल्याण परिषद्का सामाग्रीहरू नष्ट भएको उनको भनाइ छ । उनले कसरी आगो लाग्यो भन्ने थप छानबिन हुने जिकिर गरे। निरीक्षणका क्रममा उनले परिषद् र कोषका पदाधिकारीसँग छलफल गरेका थिए। ।

प्रतिक्रिया