
भज्जीले लिए क्रिकेट जीवनबाट सन्यास
नयाँदिल्ली – भारतीय क्रिकेट स्टार खेलाडी हरभजन सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् हरभजनले आफूले सबै किसिमको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा खेलेका छन्, ‘सबै राम्रा चिजहरु सकिन्छ, मैले आज त्यस खेलबाट बिदा लिँदैछु, जसले मलाई जीवनमा सबै कुरा दियो, मैले सबैलाई धन्यवाद दिन चहान्छु जसले मेरो २३ वर्षको लामो क्रिकेट जीवनलाई सुन्दर र यादगार बनाइदिए, तपाईहरु सबैलाई मनैदेखि धन्यवाद र आभारी छु ।’
भज्जी उपनामले चिनिएका हरभजनले जम्मा १०३ टेस्टमा ४१७ विकेट लिएका थिए भने उनले २३६ वनडे क्रिकेट खेल खेलेका थिए । त्यसमा उनले २६९ विकेट हात पारेका थिए । त्यस्तै २८ टी–२० खेलेका भज्जीले २५ विकेट लिएका थिए ।
२३ वर्ष अघि क्रिकेट जीवन सुरु गरेको हरभजनले आईपीएलका १६३ खेलमा १५० विकेट लिएका थिए ।



कागजपत्र |
