राजधानीको बौद्धबाट गैंडाको खागसहित ६ जना पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले गैंडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ ।

संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई राजधानीको बौद्धबाट पक्राउ गरेको छ । उनीहरुलाई गैंडाको खाग जस्तो देखिने एक किलो १० ग्रामको वस्तुसहित पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा जिल्ला काभ्रे बेदान गा.पा.वडा नं.४ घर भई बस्ने बर्ष ४१ को बिरमान तमाङ्, जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.६ घर भई बस्ने बर्ष ४२ को बेद बहादुर दनुवार, जिल्ला सिन्धुली घर भई हाल का.जि.बौद्द बस्ने बर्ष ४१ को भिम बहुर थिङ, जिल्ला काभ्रे पाँचखाल घर भई बस्ने बर्ष २० को नवराज गिरी, जिल्ला काभ्रे खानिखोला गा.पा.वडा नं.५ घर भई हाल जिल्ला भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने बर्ष ३२ को भिम तमाङ र जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.३ घर भई ऐ ऐ वडा नं.४ बस्ने बर्ष ३१ को सोहन कार्की रहेका छन् र

उनीलाई थप अनुसन्धानका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया