महिला केन्द्रीय सदस्यमा १६०० मत गणना : डिला संग्रौलालाई अगाडि, आरजु तेस्रो स्थानमा


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ ।

महिलाको खुला केन्द्रीय सदस्य पदमा १६०० मत गणना हुँदा डिला संग्रौला १०१४ मत ल्याएर पहिलो स्थानमा छिन् । पुष्पा भुसाल ९७० मत सहित दोस्रो, आरजु राणा ९०१, अम्बिका बस्नेत ८११, ईश्वरी न्यौपाने ७८६, सरिता प्रसाईं ७६८ मत पाएका छन् ।

खुलातर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो ।

प्रतिक्रिया