‘मुन्द्रेको कमेडी क्लब’ फेरि प्रसारण हुँदै


काठमाडौँ – नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ पुन प्रसारण हुने भएको छ ।

यो शो केही समय अघि होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको थियो ।

तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रसारण गर्ने तयारी गरिएको छ । शोलाई नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएको छ । शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

अब यसपटक शोमा यसअघिका कलाकार भने देख्न नसकिने बताइएको छ ।

प्रतिक्रिया