यी हुन् केन्द्रीय सदस्यका टप-१० उम्मेदवार, २८ सय मतमा शशांकले ल्याए २२०८!


काठमाडौं — नेपाली कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा मतगणना जारी छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको गणनामा अहिलेसम्म २८ सय मत गनिएको छ ।

जसमध्ये एक नम्बरमा डा.शशांक कोइराला छन् । उनले २२०८ मत पाएका छन् । त्यस्तै दोस्रो नम्बरमा एनपी साउद छन् । उनले १७१६ मत पाएका छन् ।

तेस्रो नम्बरमा बालकृष्ण खाँण १६७६, उदयशमशेर राणा १६२५, रमेश लेखक १६१४, शंकर भण्डारी १५९७, ज्ञानेन्द्रबहादुर कार्की १५९६, रामहरि खतिवडा १५८४, अर्जुननरसिंह केसी १५४२, जिपछिरिङ लामा १४९१ मत ल्याएका छन् ।

 

प्रतिक्रिया