कांग्रेस मतगणनाः सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता कायमै
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्रमा सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डेले अग्रता लिएका छन् ।
पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म १,६११ मतगणना गर्दा बद्री पाण्डेले ७९४ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले ७२९ मत ल्याएका छन् ।