क्रिकेट खेलाडीमाथि भएको कारबाहीबारे प्रचण्डले गराए देउवाको ध्यानाकर्षण


काठमाडौं — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

शुक्रबार बिहान देउवालाई भेट्न बालुवाटार पुगेका दाहालले सभापति लगायत नवनिर्वाचित कांग्रेस पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

भेटका क्रममा देउवा र दाहालबीच सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको जनाइएको छ ।

साथै सोही अवसरमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाइ कारबाही गरेपछि पछिल्लो समय क्रिकेटमा विवाद हुँदै अाएको छ ।

प्रतिक्रिया