
कांग्रेस सहमहामन्त्री मतगणनाः मुस्लिम, मधेशी र खसआर्यको गणना सुरु
काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको सहमहामन्त्री पदको निर्वाचनको मतगणना सुरु भएको छ । आज बिहान करिब पौने ११ बजदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना भइरहेको हो । नौ ठाउँमा मतगणना भइरहेको छ ।
खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन् ।
थारु र पिछडिएको क्षेत्रको मतगणना भने केही बेरमा सुरु गरिने जनाइएको छ ।



कागजपत्र |
