
१८९५ मतपत्र गन्दा गगनलाई १२९४ मत, विश्वप्रकाश ८२७
काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ। पछिल्लो अपडेट अनुसार हालसम्म १८९५ मत गनिएको छ।
गनिएको मतमध्ये महामन्त्रीका उम्मेदवार गगन थापाले १२९४, विश्वप्रकाश शर्माले ८२७ मत प्राप्त गरेका छन्। त्यस्तै प्रकाशशरण महतले ६२०, प्रदीप पौडेलको ६६८, मिनेन्द्र रिजालले ३२९ र राजाराम कार्कीले ५८ मत ल्याएका छन्।
कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन्। जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की छन्।
काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन्। अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ।



कागजपत्र |
