
कांग्रेस उपसभापतिमा २१२१ ल्याउँदै खड्का विजयी, गुरूङ पनि विजयी, अन्यको मत कति ?
काठमाडौं – कांग्रेस उपसभापतिमा शेरबहादुर देउवा समूहका उम्मेदवार पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ विजयी भएका छन् ।
उपसभापतिका लागि सभापति शेरबहादुर देउवा प्यानलका खड्का र शेखर काेइराला समूहका गुरूङ विजयी भएको जनाइएको हो । खड्काले २१२१ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै गुरूङले १९०८ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै विजय गच्छदारले १९०६ मत ल्याउँदा चन्द्र भण्डारीले १५८० मत ल्याएका छन् । त्यस्तै सुजाता कोइरालाको ६४४, महेश आचार्य ५८९ र दिव्यश्वरी साहले १३२ मत ल्याएकी छन् ।
उपसभापतिको दाैडमा देउवा प्यानलबाट विजय गच्छदार, काेइराला प्यानलबाट चन्द्र भण्डारी, सुजाता कोइराला मैदानमा थिए । त्यस्तै महेश आचार्य र दिव्यश्वरी साह पनि अन्य मैदानमा थिए ।



कागजपत्र |
