
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काठमाडौं – कांग्रेस उपसभापतिमा शेरबहादुर देउवा समूहका उम्मेदवार पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ विजयी भएका छन् ।
तर आधिकारिक घोषणा भने हुन बाँकी नै छ । उपसभापतिका लागि सभापति शेरबहादुर देउवा प्यानलका खड्का र शेखर काेइराला समूहका गुरूङ विजयी भएको जनाइएको हो ।
खड्काले २०२६ मत ल्याएर विजयी भएका हुन् ।
उपसभापतिको दाैडमा देउवा प्यानलबाट विजय गच्छदार, काेइराला प्यानलबाट चन्द्र भण्डारी, सुजाता कोइराला मैदानमा थिए । त्यस्तै हेश आचार्य र दिव्यश्वरी साह पनि अन्य मैदानमा थिए ।



कागजपत्र |
