


उपसभापतिमा खड्का र गच्छदार अघिअघि, पछ्याउँदै गुरूङ र भण्डारी

काठमाडौं – कांग्रेस उपसभापतिको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा विजयी शेरबहादुर देउवा समूहका दुवै उम्मेदवार पूर्णबहादुर खड्का र विजय गच्छदार अग्रस्थानमा रहेका छन् भने उनलाई शेखर कोइराला समूहका धनराज गुरुङ र चन्द्र भण्डारीले पछ्याइरहेका छन् ।
पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म ३५५८ मत गनिएको छ ।
ताजा अवस्थामा पुर्ण बहादुर खड्काले १६३४ अग्रता लिइरहेका छन् । विजय गच्छदारले १४४३ ल्याएका छन् ।
त्यस्तै कोइराला समूहका धनराज गुरुङ्गले १४३७ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कोइराला समूहकै भण्डारीले १२५७ मत ल्याएका छन् ।
त्यस्तै प्रकाशमान सिंह समूहकी सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी साह पनि अन्य उम्मेदवारभन्दा निकै पछि छन् ।
त्यस्तै कोइरालाले ४३८, आचार्यले ४१३ र शाहले ११७ मत प्राप्त गरेका छन् ।

