
३८ तोला चोरीको सुनसहित ५ जना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरले ३८ तोला सुनसहित पाँच जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो अन्दाजी २ बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका —२ घर भएकी ५५ बर्षीय माईली तामाङ घरमा रहेको दराज फोरेर ५ जनाको समुहले चोरी गरेका थिए।
सो चोरीमा संग्लग्न पाँचै जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ। डिएसपी खड्काका अनुसार उनीहरुको साथबाट ३८ तोला सुन र अमेरिकी डलर २००१ समेत बरामद गरिएको छ।
उनीहरु चोरी गरेर काठमाडौँ भागेका थिए।ठमेलमा रहेको ड्रागन डान्स बारमा शंकास्पद गतिविधि गरिरहेका राजन तामाङ्गलाई नियन्त्रणमा लिगेर सोधपुछ गर्ने क्रममा सो चोरीको घटना खुलेको हो।
डिएसपी खड्काका अनुसार पक्राउ पर्नेमा धुलिखेल घर भई कामनपा ६ बस्ने २७ बर्षीय राजन तमाङ (मुख्य योजनाकार),धुलिखेल घर भई बौद्ध बस्ने वर्षा १८ को हुई बहादुर तामाङ, बौद्ध बस्ने २३ बर्षीय राम तामाङ ,सिन्धुपाल्चोक घर भई कामनपा ११ बस्ने २४ बर्षीय रामचन्द्र चालिसे र ओखलढुङ्गा घर भई बौद्ध बस्ने २७ बर्षीय देबराज दाहाल रहेका छन्।
उनीहरुलाई थप अनुसन्धानको लागि बरामद सामानको साथ जिल्ला प्रहरी कार्यालय काभ्रे पठाईएको प्रहरीले जनाएको छ।



कागजपत्र |
