सिंहको समर्थन देउवालाई


काठमाडौं – नेपाली कांग्रेसका सभापतिको लागि प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने जनाएका छन्।

सिंहको निवास चाक्सीबारीमा पुगेका देउवाको सामू मिडियासँग कुरा गर्दै सिंहले देउवालाई नै समर्थन गर्ने जनाएका हुन्।

सघाउने भएपछि देउवाले सिंहलाई धन्यवाद दिए। ‘प्रकाशमानजीले सदासयता देखाउनुभयो, आत्मियता देखाउनुभयो,’ देउवाले भने, ‘वास्तवमा हामी पहिलेदेखि साथी नै हो। मैले प्रतिवद्धता तोड्ने छैन।’

त्यस्तै सिंहको टिमबाट उपसभापति लडेकी सुजता कोइरालाले समेत देउवालाई समर्थन गर्ने बताएकी छन्।

पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ। निर्वाचनको नयाँ तालिका अनुसार दिउँसो ३ः३० बजेबाट मतदान सुरु हुनेछ।

४७ सय ४३ मतदातामध्ये सोमबार भएको मतदानमा ४ हजार ६ सय ८० मत खसेको थियो। त्यो मध्ये ७७ मत बदर भएको पनि जनाइएको छ। यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो।

पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाए। त्यसैगरी कोइरालाले १ हजार ७ सय २९, सिंहले ३७१, निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत मात्र पाए।

प्रतिक्रिया