
३७७९ मत गनिसक्दा देउवालाइ ३८५ मतको अग्रता, कसले कति पाए मत ? (मतसहित)
काठमाडौं – कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।
अहिलेसम्म ३७७९ मत गनिसक्दा देउवाले १७९८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४१३ मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिले २०० र कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।



कागजपत्र |
