३२८२ मत गनिसक्दा देउवाले पाए १५५६ अरूको कति ? (मतसहित)


काठमाडौं – कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

अहिलेसम्म ३२८२ मत गनिसक्दा देउवाले १५५६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ११९७ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत प्राप्त गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रतिक्रिया