मतपत्र छाप्न ढिलाे भएपछि सुरू भएन मतदान, काेइराला, सिंह र निधिद्वारा मतदानस्थलकाे निरीक्षण


काठमाडौं – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज साेमबार बिहान ८ बजे तय भएकाेमा मतदान अझै सुरु भएको छैन ।  तर, सभापतिका उम्मेदवारमध्येका शेखर काेइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलकाे निरीक्षण गरेका छन्  ।

उनीहरु बिहान फरक-फरक समयमा मतदानस्थल पुगेका थिए ।

सभापतिका लागि काेइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन्  ।

निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेकाे बताए । ‘मतपत्र छापेर ल्याइएकाे छ केही छिनमै मतदान हुन्छ,’ उनले भने ।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।

प्रतिक्रिया