आफ्नै कोठामा लगेर बालिका बलात्कार गर्ने पक्राउ


भक्तपुर – जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–४ घर भएका मध्यपुर ठिमी नगरपालिका–२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया