केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका विश्वकर्माले लिए उम्मेदवारी फिर्ता


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शनिबार विश्वकर्माले दलित खुला तर्फबाट मनोनयन दर्ता गराएका थिए। उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका हुन्।

उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ। आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहानदेखि मतदान हुनेछ।

प्रतिक्रिया